+
+

सलाह पनि बार्सिलोनाविरुद्ध नखेल्ने भए

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते २०:४३

२३ वैशाख, काठमाडौं । लिभरपुलका अर्का फर्वाड मोहम्मद सलाहले पनि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

लिभरपुल र बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा मंगलबार भिड्दैछन् । पहिलो लेगमा ३–० को हार व्यहोरेको लिभरपुलले फाइनलमा स्थान बनाउन चमत्कारिक खेल देखाउनुपर्ने हुन्छ । तर, एकपछि अर्को चोटले उसलाई सताएको छ ।

ब्राजिलियन फवार्ड रोबर्ट फिर्मिनो यसअघि नै बार्सिलोनाविरुद्ध खेल्न नसक्ने पक्का भइसकेको छ ।

यो सूचीमा अब सलाह थपिए । उनी न्यूक्यासलसँगको खेलका क्रममा घाइते भएका थिए । ‘हामीसँग भोलि राति विश्वकै दुई उत्कृष्ट फवार्ड हुनेछैनन् र हामीले चार गोल गर्नुछ’ लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले भने, ‘यो सहज छैन तर, हामी ९० मिनेटसम्म च्याम्पियन्स लिगलाई सुखद रुपमा अन्त्य गर्न प्रयास गर्नेछौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?