Comments Add Comment

अब न्यू साउथ वेल्समा पनि मापसे गरी सवारी चलाए लाइसेन्स निलम्बन

सिड्नी / सवारी चालकहरुका लागि अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा नयाँ नियम लागू भएको छ । नयाँ नियम लागू भएसँगै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरुलाई जरिवानासहित लाइसेन्स निलम्बनको कारबाही हुने छ ।

राज्यका सडकमन्त्री एन्ड्रु कन्स्टेन्सले सुरु गरेको ‘जिरो टोलरेन्स’ नीति अनुसार सवारी चालकहरुका लागि पनि नयाँ नियम बनाइएको हो ।

यो नियम अनुसार निकै नै कम मात्रामा मापसे गरेर सवारी चलाएको भए पनि तत्काल लाइसेन्स गुमाउनु पर्ने मन्त्री कस्स्टेन्सले विज्ञप्तिमार्फत प्रष्ट्याएका छन् ।

‘ड्रिङकिङ ड्राइभिङ’ (ब्लड अल्कोहल ०.५-०.८ भन्दा कम) गर्ने चालकहरुले पनि कम्तिमा ५६१ अष्ट्रेलियन डलर जरिवान तिर्नुपर्ने छ भने ३ महिनाका लागि लाइसेन्स निलम्बन हुने एसबीएसले लेखेको छ ।

यो नियम मापसे गर्नेलाई मात्र नभइ लापसे (लागू पदार्थ सेवन) लाई पनि लागू हुने छ । तर, प्रयोगशालाबाट कसुर गरेको ठहरिको खण्डमा मात्रै लापसे गरी सवारी चालाउनेहरुलाई जरिवाना र लाइसेन्स निलम्बन गरिने छ ।

यसअघि न्यू साउथ वेल्समा अदालतको आदेशविना सवारी चालकको लाइसेन्स निलम्बन गर्ने बयवस्था थिएन ।

गत एक वर्षमा न्यू साउथ वेल्स राज्यमा ६८ जनाले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा मृत्यु भएको दावी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment