+
+
Shares

अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते २२:४६

यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।

मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए ।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो । यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो ।
कार्यक्रममा गायक दिपक बज्रचार्यले ‘मनमगन’ बोलको गीत प्रस्तुत गरे भने रचना गुरुङले अंग्रेजी गीत गाएकी थिइन् ।

‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो । ‘मिस नेपाल २०१९’को अन्य विभिन्न टाइटलका विजेताहरुको नाम यसप्रकार छः

१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी

२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति

३. मिस ग्ल्यामरः रोज लामा

४. मिस फोटोजेनिकः रोज लामा

५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ

६. मिस न्याचुरल स्किनः जेनी महर्जन

७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी

८. मिस कन्फिडेन्टः निशा पाठक

९. मिस पपलुर च्वाइसः रिया बस्नेत

१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी

११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ

१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य

तस्वीरः शंकर गिरी

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?