Comments Add Comment

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लान्छु भनेर लाखौं ठग्ने युवती पक्राउ

३१ वैशाख, काठमाडौं । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्ने नयाँ बानेश्वरकी २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीका गणेश भनिने अरविन स्याङ्वो छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार स्याङ्वो एसियन इन्टरनेश्नल कन्सल्टेन्सीका एकडेमिक डाइरेक्टर हुन् ।

थापाका अनुसार अधिकारीले माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज गरेर अष्ट्रेलिया लैजाने प्रलोभन देखाएकी थिइन् । तर, ४ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको छ ।

विस्तृत अनुसन्धानका क्रममा उनलाई कन्सल्टेन्सी सञ्चालक स्याङ्वोले प्रयोग गरेको खुलेको थियो । यसअघि उनीहरुबाट चाँगुनारायणका सागर धमला समेत ठगिएका थिए । प्रहरीका अनुसार धमलाको १३ लाख ४७ हजार रुपैयाँ ठगी भएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता एसपी केदार ढकाल बताउँछन् । ढकालले सोही प्रकृतिको घटना पुनः दोहोरिन सक्ने सम्भावना रहेकाले समयमै सजग हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment