+
+
Shares

गोन्द्राङ ढाँट आगजनीका तीन आरोपी धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १९:४९

८ जेठ, चितवन । एक महिला प्रहरी सहायक निरीक्षकसमेत जल्ने गरी गोन्द्राङ ढाटमा आगो लगाएको आरोपमा पक्राउ परेका तीन जना आरोपी धरौटीमा रिहा भएका छन् । सडक बोर्ड नेपालको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार आगजनी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

पक्राउ परेर धरौटीमा रिहा हुनेमा रत्ननगर नगरपालिका ९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका ८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी छन् । उनीहरुले प्रतिव्यक्ति ५४ हजार धरौटी बुझाएर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

एसपी राठौरले प्रहरी सहायक निरीक्षक कल्पना खड्कालाई पेट्रोल हाल्ने मुख्य व्यक्तीहरू भने फरार रहेको र खोजी भइरहेको बताए । प्रहरीले गिरीलाई पाँच दिन तथा लामिछाने र घिमिरेलाई तीन दिन हिरासतमा राखेर धरौटीमा छाडेको हो ।

घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछाने, घिमिरे र गिरीलाई पक्राउ गरिएको थियो । संकलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गिरीसहित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत बिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब चार लाख रुपैयाँसमेत लुटिएकाले उजुरी गरेका थिए । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छिन् । खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?