Comments Add Comment

अपडेट : विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख

१० जेठ, काठमाडौं । त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ठूलो परिणाममा नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको थियो । दुई वटा व्रिफ केसमा बरामद नोट गणना गरेपछि प्रहरीले परिणाम सार्वजनिक गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार ती नोटसहित पक्राउ पर्नेमा पाकिस्तानी नागरिकमा नासिर उद्दिन, मोहमत अतर र नादिया अम्बर छन् । उनीहरुलाई लिन युनुस अन्सारीसहित ३ जना विमानस्थल पुगेका थिए ।

उनीहरु कतार एयरवेजबाट पाकिस्तानबाट नेपाल आएको प्रहरीले जनाएको छ ।

को हुन् युनुस ?

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेसनल टेलिभिजनका सञ्चालकसमेत थिए ।

उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment