Comments Add Comment

घरको जग खन्दा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

१४ जेठ, वीरगञ्ज । वीरगञ्जमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो ।

जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

दुर्घटनामा सामान्य घाइते भएका ४५ बर्षका राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको परिवारलाई ठेकदारले ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ स्थित राजाराम जलानको निर्माणाधीन घरको जग खन्ने क्रममा माथिबाट माटो खसेर उनीहरु पुरिएका थिए ।

त्यस्तै पर्साको पकाहा मैनपुर गाउँपालिका २, सुर्जाहामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान विद्यालय गएर आएपछि वेपत्ता भएका १० वर्षका कुन्दन दास पोखरीमा मृत भेटिएका हुन् ।

उनलाई खोज तलास गर्ने क्रममा पकाहामैनपुर स्थित दिननाथ चौहानको पोखरीमा डुबी मृत अस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment