+
+

एनआईसी एशिया बैंकका ग्राहकलाई ग्रिनसिटी, स्टार र कान्तिपुर डेन्टल हस्पिटलमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १४ गते १६:१९

१४ जेठ, काठमाडौं ।  एन आई सी एशिया बैंक लिमिटेड र ग्रिनसिटी, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सहमति भएको छ ।

सम्झौता अनुसार ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०% सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १०% सम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?