+
+
Shares

सागको लागि २५ सदस्यीय पुरुष भलिबल टोलीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १४ गते १९:००
Photo Credit : फाइल तस्वीर

१४ जेठ, काठमाडौं । नेपाल भलिबल संघले २५ सदस्यीय राष्ट्रिय पुरुष भलिबल टोलीको घोषणा गरेको छ ।

नेपालमा यही डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि संघले प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मुख्य आधार बनाएर सागको लागि खेलाडी छनोट गरिएको जानकारी दिए ।

कप्तानमा इमबहादुर रानामगर छन् । त्यस्तै, छनोट भएका अन्य खेलाडीमा धनबहादुर भट्ट, विशाल विक, कुलबहादुर थापा, राजेन्द्र विष्ट, योगेन्द्र गुरुङ, टेकराज अवस्थी, दुर्गाबहादुर सुनार र सारन समारी रहेका छन् ।

हरिबहादुर अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, दीपकराज जोशी, भैरबहादुर बम, सुरेन्द्र्र बम, नरेन्द्र गिरी, राजु शेरचन, राजकुमार निरौला, रविन चन्द, हरिहर थापा, दुर्गा महत्तो, सुजन चोखेल, विनोदबहादुर चन्द, भीम गाहा मगर र ईश्वर थापा रहेका छन् ।

छनोट भएका खेलाडीलाई छिट्टै बन्द प्रशिक्षणमा राख्ने महासचिव चन्दले बताए । उनले भने, ‘१३औं सागको लागि मुख्य नजर गर्दै खेलाडी छनोट गरिएको छ । अब राखेपसँग समन्वयन गरेर असारदेखि नै बन्द प्रशिक्षणमा राख्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?