Comments Add Comment

मुग्लिनको आर्कब्रिज अन्तिम चरणमा, सडक १४ दिन बन्द हुने

Photo Credit : Chandra Bahadur Ale/Onlinekhabar

१५ जेठ, चितवन । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । अब दुवै तर्फको पर्खालको सतह काटेर टेवा पर्खाल लगाउने र सडक कालोपत्रे गर्ने काम बाँकी छ ।

यो काम गर्नका लागि बिहीबारबाट १४ दिनसम्म मुग्लिन सडकखण्ड बन्द गरिने छ । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ का अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिने छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेबल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट आर्कब्रिज निर्माण शुरु गरिएको थियो । २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै थप समय मागेको थियो । थपिएको समय पनि यही जेठ मसान्तमा सकिँदैछ ।

नेपालको नमूना पुल भनिएको यो आर्कब्रिज निर्माण गर्न विश्व बैंकले १२ करोड सहयोग गरेको छ । एक सय ६० मिटर लामो यो पुल फुटपाथसहित ११ मिटर चौडा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment