+
+

के झरना सुहानालाई बाहिरी ब्यानरमा खेलाउन चाहन्नन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १०:५८

केही दिन अगाडि मात्र यूरोप उड्दै गर्दा त्रिभुवन विमानस्थलमा भेटिएकी नायिका सुहाना थापालाई मिडियाकर्मीको प्रश्न थियो, के तपाई बाहिरी ब्यानरमा खेल्न चाहनुहुन्न ? घरबाटै निर्माण भएको चलचित्र ‘ए मेरो हजुर ३’ खेलेपछि चर्चामा रहेकी सुहानाले दोश्रो प्रोजेक्ट पनि घरकै खेल्ने तयारी गरेकी छिन् । तर, यो विचमा उनलाई बाहिरी ब्यानरबाट अफर नआएको भने होइन ।

सुहानाले विमानस्थलमा मिडियाकर्मीसँग भनेकी थिइन्–‘केही दिन अगाडि एउटा फोन आएको थियो । ड्याडीले छोरी अहिले पढ्दै छ भनेर फोन राख्दिनुभयो ।’ यसको अर्थ, सुहानालाई अहिले नै झरना र निर्माता सुनिलकुमार थापा बाहिरी ब्यानरको चलचित्र खेलाउने मनस्थितीमा छैनन् ।

सुहाना भने आफू बाहिरी ब्यानरका चलचित्रमा पनि काम गर्न तयार भएको बताउँछिन् । चलचित्र ‘ए मेरो हजुर ३’को अहिले ओभरसिज प्रदर्शन भैरहेको छ । यसका लागि झरना र सुहाना यूरोपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?