Comments Add Comment

असारमा ‘कीर्तिपुर’

निर्माण भएको लामो समयपछि चलचित्र ‘कीर्तिपुरः दि लिजेन्ट अफ किर्तिलक्ष्मी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र असारको १३ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रका निर्देशक प्रदिप खड्गी हुन् । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि नै निर्माण थालिएको बल्ल रिलिज हुन लागेको छ । निर्देशक प्रदिपले भने–‘आफू किर्तिपुरबासी भएको नाताले पनि किर्तिपुर आक्रामको घटनालाई चलचित्रकरण गर्न सफल भएको छु ।’

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण गरिएको चलचित्र हो । यो चलचित्रको मुख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेका छन् ।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रमा प्रेम खड्गी तथा अनन्त श्रेष्ठको लगानी छ । शंकर महर्जन र नविन जोशीले यो चलचित्र खिचेका हुन् । पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्माणपक्षले बताएको छ । चलचित्रे सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment