+
+
Shares

प्रहरी हस्तक्षेपका बाबजुद माइतीघर मण्डलामा जलाइयो मिडिया काउन्सिल विधेयक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १६:०७

२४ जेठ, काठमाडौं । पत्रकारहरुले माइतीघर मण्डलामा मिडिया काउन्सिल विधेय जलाएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ३ को आयोजनामा विधेयक जलाइएको हो ।प्रहरीको हस्तक्षेप बाबजुद उनीहरुले विधेयक जलाएका हुन् ।

‘मिडिया काउन्सील विधेयक खारेज गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘पत्रकारमाथिको बढ्दो आक्रमण बन्द गर’, ‘पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर’, ‘सम्पूर्ण प्रेस विरोधी ऐन कानूनहरु खारेज गर’लगायतका नारा लेखिएका प्ले-कार्डसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरुलाई प्रहरीले धरपकड गरेको थियो ।

क्रान्तिकारी पत्रकार महासंघका नेताहरुले नेपाल पत्रकार महासंघको जारी आन्दोलनको समर्थन, ऐक्यबद्धता तथा खबरदारीको लागि विधेयक जलाएको बताएका छन् ।

यसअघि महासंघले बुटवलको मिडिया चोकमा पनि विधेयक जलाएको थियो । महासंघले ७ वटै प्रदेशमा विधेयक जलाउने निर्णयसमेत गरेको छ ।

विरोध प्रदर्शनमा क्रान्तिकारी पत्रकार महासंघका पूर्वअध्यक्ष कुमार शाह, वर्तमान अध्यक्ष इन्द्र राउत, महासंघका सचिव तथा ३ नं. प्रदेश संयोजक रनसुर महतरा, सचिव अनु निरौलालगायत संगठनका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?