Comments Add Comment

विश्वकपका लागि दक्षिण अफ्रिकन नगिदी तयार

३ असार, काठमाडौं । विश्वकपको दुई खेल खेलेर घाइते भएका दक्षिण अफ्रिकाका लुंगी नगिडी पूर्णरुपमा ठीक भएका छन् ।

बंगलादेशविरुद्धको दोस्रो खेलको दौरानमा बलिङ गर्दै गर्दा घाइते भएका नगिदी पूर्णरुपमा ठिक भएका हुन् । उनी अब खेलमा फर्किने छन् । तिब्रगतिका बलर नगिदीले बंगलादेशविरुद्ध आफ्नो चौथो ओभर बलिङ गर्ने क्रममा उनको खुट्टामा समस्या देखिएको थियो । उनले बंगलादेशविरुद्ध त्यो खेलमा ४ ओभरमा ३४ रन खर्चिएका थिए ।

योभन्दा अघि इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दा दक्षिण अफ्रिका १०४ रनले पराजित भएपनि उनले तीन विकेट लिएका थिए ।

बंगलादेशविरुद्धको खेलकै दौरान मैदानबाट बाहिर निस्केका उनले त्यसपछिका दुई खेल गुमाए । दक्षिण अफ्रिका भारतसँग ६ विकेटले पराजित हुदा र अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दा उनी टिममा थिएनन् । वेष्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।

नगिदीले आफु सय प्रतिशत ठिक भएको बताएका छन् । उनले भनेका छन्, ‘मेरो आजै मात्र फिट्नेस परिक्षण भएको छ । र म त्यो फिट्नेस परिक्षणमा पास भएँ । खेल खेल्नका लागि म सय प्रतिशत ठीक छु ।’

बुधबार दिउँसो दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग आफ्नो छैटौ खेलमा प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जित हात पारे दक्षिण अफ्रिकाको विश्वकप सेमिफाइनल पुग्ने सम्भावना कायमै रहन्छ । पराजित भएपनि विश्वकप पुग्ने सम्भावना त हुन्छ तर अत्यान्तै न्युन । यता, न्युजिल्यान्डले भने आफ्नो चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment