Comments Add Comment

कस्तो बन्यो साम्राज्ञी र अंकितको ‘रातो टिका निधारमा’ ?

अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ । औपचारिक रुपमा ‘क्यामेरा अन’ गरिएको २९ दिनमा चलचित्रको पूर्ण छायांकन सकिएको निर्माता तथा निर्देशक शर्माले बताए । । चलचित्रलाई झापा र काठमाण्डौको लोकेशनमा खिचिएको छ ।

आगामी दशैंलाई रिलिज मिति पक्का गरेको यो चलचित्रको तयारी भैरहेको छ । यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नयाँ नायक अंकित शर्माको मुख्य भूमिका छ । चलचित्रमा यी दुई कलाकारको साथमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्दी तामाङ, रश्मी भट्ट, जयनन्द लामा, अर्जुन श्रेष्ठ, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल लगायतको पनि मुख्य भूमिका छ ।

या चलचित्रमा पुरानो सफल चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीत समावेश गरिएको छ । रिमेक गरी चलचित्रमा समावेश गरिएको यस गीतलाई छिट्टै सार्वजनिक गरिने निर्देशक शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment