+
+
Shares

ललितपुर महानगरले ५ अर्बको बजेट ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १९:३०

९ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भोलि मंगलबार साढे पाँच अर्बको बजेट सार्वजनिक गर्ने भएको छ । महानगरका प्रमुख चिरिबावु महर्जनले आगामी आर्थिक वर्षको बजेटल पूर्वाधारलाई जोड दिने बताए ।

भौतिक पूर्वाधारलाई विशेष महत्व दिएर बजेट तयार गरिएको उनको भनाइ छ । ‘बजेटको प्राथमिकतामा सम्पदा संरक्षण साथै अन्य धेरै विषयहरु समेटिएका छन्,’ अनलाइनखबरसँग मेयर महर्जनले भने, ‘तर यसपटक हामीले पूर्वाधारलाई जोड दिएका छौं ।’

पूर्वाधार बाहेक खानेपानीलाई पनि जोड दिइने उनले बताए । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करिब ४ अर्ब ६१ करोडको बजेट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?