Comments Add Comment

राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयक रोकियो : गृहमन्त्री थापा

Photo Credit : रासस

१० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयकमाथिको छलफल अगाडि बढ्न नसकेको बताएका छन् ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले भने, ‘नागरिकताको बारेमा निकै लामो छलफल गर्यौं । यसलाई राजनीतिक तहमा टुङ्ग्याएर जाँदा सहज होला भन्ने भयो । तर, अझै अगाडि बढेको छैन ।’

त्यसअघि सांसदहरुले विधेयकहरु ल्याउने तर छलफलमा अगाडि किन नबढाउने भन्दै प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले नागरिकता विधेयक अलि बढी संवेदनशील विषय भएकोले ढिलाइ भएको प्रष्टिकरण दिए् ।

नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न संसदको राज्य व्यवस्था समितिले गत फागुन ७ गते ९ सदस्यीय उपसमिति गठन गरेको थियो । प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति जुटाउन उपसमितिलाई एक महिनाको समय दिइएको थियो । तर, उपसमितिले हालसम्म सहमति जुटाउन सकेको छैन ।

नागरिकता विधेयकमा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुष र नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने मुख्य विवाद छ । त्यस्तै खारेजी भएको नागरिकता प्रचलनमा ल्याए कति सजाय गर्ने भन्ने विषयमा पनि मतभेद छ ।

उपसमितिको संयोजकमा विजय सुब्बा छन् । उपसमिति सदस्यहरुमा यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहाय यादव, लक्ष्मी चौधरी, मीना पाण्डे, राजकिशोर यादव र प्रेम सुवाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment