Comments Add Comment

सुनको मूल्य तोलामा ६५ हजार ५ सय

१० असार, काठमाडौं । सुनको मूल्यमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ ।

मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेर ६४ हजार पुगेको थियो । शुक्रबार पुनः प्रतितोलमा एक हजार रुपैयाँले बढेर ६५ हजार पुग्यो ।

शुक्रबारदेखि सोमबार प्रतितोला रु ६५ हजारमा स्थिर रहेको मूल्य मंगलबार पुनः ५ सय रुपैयाँले बढेको हो । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि राजधानिका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको भिड लागेको छ । सुन नभई नहुनेहरुले पनि सुन खरिदको मात्रा घटाएको व्यवसायीहरुले बताएका छन् ।

पछिल्लो १० दिनको सुनको मूल्य सूची (टेबुल)


किन बढ्दै छ सुनको भाउ

नेपालमा मात्रै होइन विश्व बजारमा सुनको भाउ इतिहासकै सबैभन्दा महँगो भएको छ । एसियन र लन्डन बजारमा सुनको भाउ सोमबार ०.८ प्रतिशतले बढेर १४१० डलर प्रति औंस कायम भएको छ ।

सुनको मूल्य बढ्नुको मुख्य कारणको रुपमा अमेरिकी फेडरल बैंकले आफ्नो ब्याजदर परिवर्तन गर्न लिएको नीति, अमेरिका–इरान तनाव र अमेरिका–चीन व्यापार युद्धलाई मानिएको अन्तर्रािष्ट्रय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिका इरान तनाव थप चुलियो

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सर्वोच्च नेतालाई लक्षित गर्दै सोमबारबाट नयाँ प्रतिबन्धहरु लगाउने घोषणा गरेका छन् । उक्त प्रतिबन्धले ईरानका सर्वोच्च नेता र पूर्व राष्ट्रपतिलाई असर पुग्ने अमेरिकी दाबी छ ।

प्रतिबन्धलाई इरानी विदेशमन्त्री जाभेद जाफिरले ‘अमेरिकी घृणित कुटनीति’ भनेका छन् । तनाव अझै गहिरिए सुनको मूल्य झनै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment