Comments Add Comment

सैनामैनाको बजेट ९० करोड ८५ लाखको बजेट

१० असार बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

मंगलबार नगर प्रमुख चित्रबहादुर कार्कीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४४ करोड ११ लाख १० हजार र पुँजीगततर्फ ४६ करोड ७४ लाख ४१ हजाररुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान ६६ करोड २ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ४ करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट ३ करोड १८ लाख ८२ हजार ५ सय ५५ रुपैया, आन्तरिक स्रोतबाट १३ करोड १५ लाख ५५ हजार र बचत तथा न्युन पूर्तिबाट ३ करोड ६२ लाख ५८ हजार ४ सय ४५ जुटाउने उल्लेख गरिएको छ ।

बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइने उल्लेख छ । ज्येष्ठ र अपाङ्ग नागरिकको भावनालाई कदर गर्दै प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक ग्राम र अपाङ्ग ग्राम स्थापना गरिने उल्लेख छ ।

त्यसैगरी हरेक वर्ष ज्येष्ठ नागरिकहरुलाई गरिदै आएको सम्मान कार्यक्रमलाई समेत निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी बजेटमा सैनामैना क्षेत्र, पर्राेहा परमेश्वर वोलवमधाम, मलमला, महेरवादेवी, कोटियाथान लगायतका मठ मन्दिर, डिउहार, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण गर्दै नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र विकासका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारका लागि वजेट विनियोजन गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment