Comments Add Comment

‘वान्टेड २’ मा सलमानको प्रतिक्षा ?

सन् २००७-२००८ को कुरा गर्ने हो भने बलिउडमा सलमान खानका फिल्महरु लगातार फ्लप भैरहेका थिए । त्यो बेला सलमान खानको करियर नै सकिन लाग्यो भनेर टिप्पणी गर्नेहरु पनि प्रसस्त भए । उक्त कुराले स्वयं सलमान खान समेत चिन्तित थिए । त्यही बेला सलमानले बोनी कपूरको फिल्म ‘वान्टेड’ साइन गरे, सजलाई प्रभु देवाले निर्देश्ँन गरे । अभिनेत्रीको रुपमा आयशा टाकियालाई छनोट गरियो, जसको कुनै स्टार भ्यालू नै थिएन ।

फिल्मप्रति कसैलाई आशा थिएन । सन् २००९ मा उक्त फिल्म प्रदर्शन भयो । बक्स अफिसमा सुपरहिट सावित भएको उक्त फिल्मपछि अभिनेता सलमान खानले आजका मितिसम्म पछाडि फर्केर हेर्नु परेको छैन । त्यही फिल्मले सलमानलाई सुपरस्टार बनाइदियो । वान्टेडको सिक्वेललाई लिएर लामो समयदेखि कुराकानी भैरहेको छ, यद्यपि कुनै ठोस कुरा उपलब्धि सार्वजनिक भएको छैन ।

अहिले प्रभु देवा तथा सलमान खान ‘दबंग-३’ शीर्षकको फिल्ममा संगै काम गरिरहेका छन् । यसैबीच, अहिले आएर वान्टेडको सिक्वेलको चर्चा पुनः चल्न थालेको छ । वान्टेडका निर्माता बोनी कपूरले त धेरै अघिदेखि उक्त फिल्मको सिक्वेल बनाउन तयार भएको बताइसकेका छन् । भनिन्छ, प्रभुदेवा र सलमानले वान्टेड-२ का लागि गम्भीर छलफल गरिसकेका छन् ।

सलमान पनि उक्त सिक्वेलमा काम गर्नका लागि तयार भएका छन् । सलमान खानको स्विकृतीपछि प्रभु देवाले पनि यो विषयमा आफ्नै प्रकारको तयारी थालिसकेका छन् । फिल्मका लागि उनी एउटा राम्रो कथाको खोजीमा छन् । यदि सम्भव भयो भने सन् २०१९ को अन्त्यसम्ममा वान्टेड-२ निर्माण हुने घोषणा गरिने छ । सलमानका प्रशंसकहरु समेत उनलाई वान्टेड-२ मा देख्न लालायीत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment