Comments Add Comment

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

११ असार, काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको आश्वासनपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

भ्याट कार्यान्वयनको समयसीमा बढाउन मन्त्रीले पहल गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन फिर्ता लिइएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री मातृका यादव र व्यवसायीबीच बुधबार भएको बार्तामा मन्त्री यादवले पेट्रोलियम ढुवानी व्यवसायीमा भ्याट कार्यान्वयनको समय थप गर्ने प्रतिवद्धता जनाएका अर्यालले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत ढुवानी व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार भ्याटको थ्रेसहोल्डमा परेका व्यवसाय थ्रेसहोल्डमा परेको मितिले ३० दिनभित्र भ्याटमा दर्ता हुनु पर्दछ ।

सरकारले जेठ १५ गते बजेटबाट गरेको घोषणा अनुसार थ्रेसहोल्डमा परेका सबै व्यवसायी असार १३ गतेसम्म भ्याटमा दर्ता भई सक्नुपर्ने थियो ।

नेपाल आयल निगमका अनुसार देशभर करिब २ हजार ट्याङ्करले पेट्रोलियम ढुवानी गरिरहेका छन् । जसमध्ये एक सय हाराहारी ट्याङ्कर मात्रै भ्याटमा दर्ता भएका थिए । सरकारले भ्याटमा दर्ता हुन समय नदिएको भन्दै व्यवसायीहरुले ढुवानी आदेश नलिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment