
११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य दिएको छ । पाकिस्तानले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।
बर्मिङघममा टस जितेर ब्याटिङ थालेको न्युजिल्याण्डले निकै खराब सुरुवात ग¥यो । ५ रन जोड्दा पहिलो विकेट गुमाएको उसले ४६ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । मार्टिन गुप्टिल ५, कोलिन मुुनरो १२, रोज टेलर ३ र टोम लाथम १ रनमा आउट भए ।
पाँचौं विकेटका रुपमा केन विलियम्सन पनि आउट न्यूजिल्याण्ड धरासायी भएको मानिएको थियो । तर जेम्स निशम र कोलिन डि ग्राण्डहोमले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि १३२ रनको साझेदारी गरे । कोलिन ६४ रनमा आउट भए ।
जेम्स निशम ९७ रनको नटआउट पारी खेल्दा न्युजिल्याण्डले ६ विकेटको क्षतिमा २३७ रन बनायो ।
पाकिस्तानका शाहीन शाह अफ्रिदीले ३ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4