Comments Add Comment

छापामा आज : मन्त्री हेरफेर छिट्टै, को जाला, को आउला ?

१२ असार, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले नेकपाभित्रको विवादबारे मुख्य समाचार बनाएका छन् भने केही मन्त्रिपरिषद् हेरफेर, रेलमार्ग निर्माणमा केन्द्रित छन् ।

महिनावारी भएका बेला घरनजिकै पालमा बसेकी एक किशोरीको तस्वीर मुखपृष्ठमा छापेको अन्नपूर्णले मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन लागेको दाबी गरेको छ । यसका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच कम्तीमा ६ मन्त्री हेरफेर गर्ने सहमति भएको समाचारमा लेखिएको छ । तर, ती ६ मन्त्री को–को हुन् भनेर अन्नपूर्णले खुलाएको छैन ।

अन्नपूर्ण लेख्छ– सहमतिपछि मन्त्रिमण्डल हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले सांसद् महेश बस्नेत। पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटारमा बोलाएका छन् ।

अध्यक्षहरुले सांसद्हरुसँग छलफल गरेपछि मन्त्रिमण्डल हेरफेर हुने उच्च स्रोतलाई हावाला दिँदै अन्नपूर्णले समाचार लेखेको छ ।

कान्तिपुरले ‘नेकपामा उकुसमुकुसः मनमुटावका ५ कारण’ शीर्षक दिएर नेकपाभित्रको पछिल्लो अन्तरविरोधमाथि मुख्य समाचार बनाएको छ ।

कान्तिपुरका अनुसार शीर्ष नेतादेखि सांसदसम्मकै अन्तरिवोधी अभिव्यक्तिहरुले नेकपामा मनमुटाव चरम बन्दै गएको संकेत गरेको छ । मनमुटाव हुनुका कारण पनि कान्तिपुरले पहिल्याएको छ । सहमतिमा शंका, सरकारको काम, आफ्नै सांसदमा देखापरेको २ धार, संवादहीनता र अधुरो एकता नेकपा मनमुटावका मूल कारण हुन् ।

नयाँ पत्रिकाले रेलमार्ग निर्माणबारे मुख्य समाचार बनाएको छ । नेपालमा रेलमार्ग निर्माणबारे प्रचार बढी भए पनि हतारमा नबन्ने प्रतिक्रिया चीनले दिएको छ ।

नयाँ पत्रिकाका अनुसार नेपालको प्रचारबाट असन्तुष्ट भएको चीनले हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई सतर्क गराएको छ ।

नयाँ पत्रिका लेख्छ–५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेल्वे वार्तामा चीनले नेपाली पक्षलाई स्पष्ट पारेको छ– रेल सम्भव छ, तर हतार नगरौं ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment