Comments Add Comment

भारतीय सीएलाई नेपालमा अनुमति दिन लागिएको भन्दै आन्दोलन

१३ असार, काठमाडौं । भारतीय चार्टर्ड एकाउन्टेन्टहरुलाई नेपालमा वैधानिकतासहित संस्थागत प्रवेश दिन लागिएको भन्दै नेपाली चार्टर्ड एकाउन्टेन्ट र सो विषय पढिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को कार्यालयमा धर्नासहित नाराबाजी गरेका छन् ।

विद्यार्थीहरुले भारतीय सीएहरुलाई नेपालको आईक्यान तथा काउन्सिलको उच्च पदसम्मै प्रवेश दिन सकिने गरी दि्वपक्षीय सम्झाैता हुन लागेको भन्दै त्यसलाई ‘राष्ट्रघाति’ भनेका छन् । उनीहरुले यस्तो समझदारी भए कडा आन्दोलन गर्ने भन्दै सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनकी अध्यक्ष प्रगति भुवाईले भारतको चाटर्ड एकाउन्टेन्टहरुको संस्था आईसीएआईसँग नेपालको आईक्यानले गर्न लागेको सम्झौता नेपाली चाटर्ड एकाउन्टेन्ट र विद्यार्थीहरुका लागि स्वीकार्य नहुने बताइन् ।


विद्यार्थीहरुले भारतमा नेपाली चाटर्ड एकाउन्टेन्टहरुलाई मान्यता नदिने अवस्था कायमै राखेर भारतीयलाई नेपालमा खुला नीति अनुरुपको वैधानिकता दिन खोज्नु लाजमर्दो भएका बताएका छन्  । यसले नेपालमा कार्यरत सीएहरुको मनोबल गिर्ने र नेपालमा भारतीय दबादबा बढ्ने दावी उनीहरूको छ । विद्यार्थीहरूले आफ्नो भविष्यमामाथि खेलवाड गर्ने अधिकार आईक्यानलाई नभएको बताएका छन् ।

आईक्यान र आईसीएआईबीच हुने सम्झौता अर्थ मन्त्रालयले स्वीकृत गर्न महालेखा परीक्षकको कार्यालयमा सुझाव मागेको दावी विद्यार्थीहरूको  छ । सोमबार भारतसँग हुने लागेको सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमलाई रद्ध गर्न उनीहरुले माग गरेका छन् ।

शुक्रबार आईक्यानको कार्यालय घेराउ गरेका विद्यार्थीहरुले आफ्नो मागको सुनुवाई नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


के छ सहमतिमा ?

आईक्यान र आईसीएआईबीच हुने एमआरए काउन्सिलबाट पास भइकसकेको छ । विरोधका बीच पनि म्यचुअल रिकग्निसन एगि्रमेन्ट (एमआरए)को विवावित मस्यौदा काउन्सिलबाट पास भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

यो एमआरएमा आईक्यानका सिएहरुले भारतमा भारतीय कानुन र भारतीय कर विषयको परिक्षा दिएपछि आईसीएआईको सदस्य हुन पाउने सहमति छ । यस्तै भारतबाट सीए पास गरेकाहरुले पनि नेपालमा नपाली कानून र नेपाली करको परीक्षा दिएर आइक्यानको सदस्यता लिन पाउने छन् ।

यसपछि आईक्यानले आईसीएआईको आर्टिकलसिपलाई मान्यता दिने छ भने नेपालको आर्टिकलसिपलाई मान्यता दिएर दुई विषयमा परीक्षा पास गरेपछि आईसीएआईको सदस्यता लिन सकिनेछ ।

नेपाली सीएले भने भारतको सर्टिफिकेट अफ प्रयाक्टिस (सीओपी) लिन भने बन्देज गरिएको  छ । तर, भारतीयले भने नेपालको कानून र कर विषयमा परीक्षा पास गरेर सीओपी लिन सक्ने व्यवस्था गरिँदैछ ।

यस्तै भारतीय सीएले नेपाली सीएसँग ४९ प्रतिशतसम्म सेयर राखेर व्यवसाय सञ्चालन गर्न सक्नेछ । तर नेपाली सीएले भने भारतमा त्यस्तो र्फम खोल्न अनुमति पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment