Comments Add Comment

पोखरामा हिलो खेलेर रमाए विदेशी (फोटो फिचर)

१५ असार, पोखरा । आइतबार असार १५ गते, सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । सरकारले

औपचारिक रुपमा कुनै दिवस नमनाउँदा पनि किसानले यसै दिनमा दही चिउरा खाएर असार १५ मनाउने गरेका थिए ।

धान दिवसको अवसर पारेर पोखरा महानगरपालिका १७ महतगौंडामा पर्यटन परिषद्ले आइतबार रोपाईं महात्सव गरेको छ ।

१६ वर्षअघिबाट सुरु गरिएको यस महोत्सवको मुख्य विशेषता भनेकै विदेशी पर्यटकलाई नेपाली मौलिक रोपाईं संस्कृतिबारे जानकारी दिनु रहेको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् ।

महतगौंडा विरुवाफाँटमा किसान ऋषिराम भण्डारीको खेतमा रोपाईं महोत्सव सञ्चालन गरिएको थियो । रोपाईंमा सहभागी हुन र हिलोको मजा लिन विदेशी र नेपाली गरी सयौं व्यक्ति सहभागी थिए ।

महोत्सवमा पर्यटकलाई मनोरञ्जन दिन विभिन्न प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । माछा समाउने, नारिएका गोरु दौडाउने, रस्साकस्सी, दौडलगायत प्रतियोगिता सञ्चालन भइरहँदा विदेशी पर्यटकले हौसिँदै भाग लिइरहेका थिए ।

विदेशी पर्यटक खुल्ला महिला दौडमा भाग लिएकी इंल्यान्डकी ओलिभिया इस्लाले रोपाईं महोत्सवमा हिलोसँग खेल्न पाउँदा आफूलाई अत्यन्तै रमाइलो लागेको प्रतिक्रिया दिइन् । ‘नेपाल पहिलो पटक आएकी हुँ । हिलोमा यसरी खेल्न पाइन्छ भन्ने थाहा थिएन । नेपाल बसाई साँच्चै यादगार हुने भयो ।’

बिहान करिब ११ बजेबाट सुरु भएको महोत्सवमा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति देखिन्थ्यो । उनीहरु कहिले हिलोमा लडीबुडी खेल्दै एक आपसमा हिलो छ्याप्थे त कहिले फुटबललाई भलिबल बनाएर खेलिरहेका थिए ।

महोत्सव सुरु हुनभन्दा अघि पञ्चेबाजासहित आएको र्‍यालीमा पनि विदेशी पर्यटक सहभागी थिए । महोत्सवमै सालको टपरीमा दही चिउरा बाँडिएको थियो ।

महोत्सवमा पोखरा महानगरका मेयर मानबहादुर जिसीलेसमेत खेत जोतेर महोत्सवको उद्घाटन गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीर : युनिस गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment