+
+
Shares

यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट ३ जना विचौलिया पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १६:४६

१८ असार, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले यातायात व्यवस्था कार्यालयमा विचौलियाको काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका नं. १५ लक्ष्मणवा बस्ने २० वर्षीय विनयकुमार गुप्ता, सोही ठाउँ बस्ने १८ वर्षीय शिव शम्भु यादव र बारा जिल्ला फेटा गाउँपालिका घर भइ वीरगञ्ज महानगरपालिका वडा नं १५ लक्ष्मणवा बस्न २० वर्षीको श्यामसुन्दर साह रहेका छन् ।

बुधबार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय वीरगञ्जको सवारी शाखाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यातायात ब्यवस्था कार्यालय वीरगञ्जको सवारी शाखामा सेवाग्राहीसँग कार्यालयमा लाग्ने दस्तुर भन्दा बढी रकम लिएर काम गराइदिन्छु भनिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

‘प्लटु दिएर बसेका केटाहरु रहेछन्, फुर्सदको समयमा यातायात व्यवस्था कार्यालयमा विचौलियाको काम गर्ने गरेका रहेछन्,’ उनले भने, ‘ सेवाग्राहीसँग सरकारी दस्तुर भन्दा बढी रकम लिएर काम गराइदिने आश्वासन दिँदै गर्दा पक्राउ परे ।’

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?