Comments Add Comment

म र मेरो परिवारसँग विदेशी पीआर छैन : प्रस्तावित राजदूत दाहाल

२३ असार, कामठाडौं । अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत महेशराज दाहालले आफू र आफ्नो परिवारको नाममा विदेशमा स्थायी आवासीय अनुमतिपत्र नरहेको प्रष्टिकरण दिएका छन् ।

सोमबार संसदीय सुनुवाई समितिमा उनले आफू पटक पटक विभिन्न कार्यक्रममा सहभागी हुन विदेश गए पनि एक महिनाभन्दा लामो समय कहिल्यै नबसेको र विदेश बस्ने सोँच पनि नभएको बताए ।

सन् २०११ मा अमेरिका जाँदा आफ्नी पत्नीले नर्सिङ पढ्न अमेरिकामा वर्क परमिट लिएको जानकारी गराउँदै प्रस्तावित राजदूत दाहालले त्यसको म्याद आउँदो सेप्टेम्बर महिनामा सकिने बताए ।

उनले आफू र आफ्नो परिवार विदेशमा स्थायी बसोबास गरेको प्रमाणित भएमा राजदूत पद दावी नगर्ने पनि बताए । सुनुवाई समितिमा उनकी पत्नीले अमेरिकामा स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिएको उजुरी परेको थियो । तर उनले त्यसको खण्डन गर्दै आफ्नी पत्नीले वर्क परमिट मात्र लिएको र तयसको म्याद पनि दुई महिनामा सकिने बताएका हुन् ।

हामीले पीआर अप्लाई गरेको छैन, लिएको पनि छैन’ उनले भने ‘राष्ट्रको इज्जत, सरकारले गरेको भरोसा र मेरो आफ्नो उच्च नैतिकतामाथि कतै सम्झौता गर्दिन उठेको कुरा प्रमाणित भएमा यति गरिमामय पद मा मेरो कुनै पनि दावी रहने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment