Comments Add Comment

गृहमन्त्रीको स्पष्टीकरण : कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका हुन्

२४ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् । राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको उनले बताए ।

मंगलबार संसदमा कांग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सरकारको धारणा माग गरेका थिए । जवाफमा गृहमन्त्री बादलले भने गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको दाबी गरे । त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको उनको दाबी छ ।

पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको गृहमन्त्रीको दाबी छ ।

यो पनि पढ्नुहोस प्रदर्शनकारी उचाइमा थिए, त्यसैले हवाई फायर गर्दा गोली लाग्योः गृहमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment