+
+
Shares

प्रदर्शनकारी उचाइमा थिए, त्यसैले हवाई फायर गर्दा गोली लाग्योः गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १२:०८

२४ असार, काठमाडौं । सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भयो । त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सरोजनारायण यादवको मृत्यु भयो ।

सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ । मंगलबार संसदमा कांग्रेस र राजपा सांसदहरुले यसबारे प्रश्न उठाए । हवाई फायर गर्दा कसरी टाउकोमा गोली लाग्यो भन्ने उनीहरुको प्रश्न थियो ।

संसदमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले भने हवाई फायरमै उनको मृत्यु भएको दाबी गरे । उनका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग गरिएको थियो ।

प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि प्रहरीले हवाई फायर गरेको उनले बताए । गृहमन्त्री थापाले भने, ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा चलेको गोली लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?