Comments Add Comment

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले मगायो सत्य निरुपण आयोगबाट निवेदन

२५ असार, काठमाडौं । द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतले पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको उजुरी मगाउन आदेश दिएको छ ।

काभ्रेको अर्जुन लामा हत्याको घटनामा सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त घटनाको उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको भए उक्त निवेदनको प्रतिलिपी मगाउन आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा निवेदन दिएको भए त्यसको प्रतिलिपी मगाउन आदेश दिएको हो ।

२०६२ साल वैशाख १६ गते तत्कालिन विद्रोही माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव भेटिएको थियो । उनको हत्यामा संलग्नताको आरोपमा माओवादी नेता अग्नि सापकोटासहितविरुद्ध लामाकी पत्नीले २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दा पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुगेको हो । सर्वोच्च अदालतमा यसअघि २०७२ चैत १२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले टुंगो लगाउनुपर्ने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment