+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको चेतावनी : आफ्ना मन्त्री सम्हाल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १८:०७

२६ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुलाई सम्हाल्न प्रधानमन्त्रीलाई चेतावनी दिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव समूहको हिंसाबारे कांग्रेसको धारणा माग्दै दिनभरि वीपी, रातभरि विप्लव हो भनेर सोधेका थिए ।

लगतै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘लगाम उपहार पठाउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’

गाउँमा कसैका छोराछोरी विग्रिए उनीहरुलाई गाली गर्नुको साटो सिधै अभिभावकसँग सम्वाद गर्ने गरिएको भन्दै उनले भने, ‘त्यसैले प्रधानमन्त्रीलाई सचेत गराएको हुँ । यद्यवि अभिभावक आफैं कति जिम्मवार छन् भन्ने अर्को पश्न छ ।’

कांग्रेस प्रवक्ता शर्माले विप्लव समूहले हिंसा छोड्नुपर्ने र सरकारले पनि वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको प्रष्ट धारणा रहेको बताए । उनले भने, ‘बुधबार मात्र नेपाली भाषामै विज्ञपित जारी गरिएको छ । यही कसैले बुझ्दैन भने कांग्रेस कार्यालयमा आउनुस्, हामी ट्युसन पढाउन तयार छौं ।’

उनले अघि भने, ‘जसको दर्शनमा हिंसामा छ, परिस्थितिवश अर्को बाटो स्वीकार गरेको छ, उसले हामीलाई धारणा माग्ने ? हिंसा गरेर संसद कब्जा गर्ने लेलिनलाई तस्वीर पहिले उतारोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?