Comments Add Comment

उपेन्द्र यादवको पुत्ला जलाउनेलाई ‘फट्यांग्रा’ को संज्ञा

३१ असार, सप्तरी । सप्तरीमा समाजवादी पार्टीका अध्यक्ष एवं संघीय सरकारका उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पुत्ला जलाइएको छ । यादव निर्वाचित भएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत तिलाठी-कोइलाडी गाउँपालिकामा उनको पुत्ला जलाइएको हो ।

कोइलाडी चोकस्थित सदभावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहको शालिक अगाडि स्थानीय केही व्यक्तिले यादवको पुत्ला जलाएका हुन् । यस क्षेत्रका जनताको मत लिएर उपप्रधानमन्त्री बने पनि परेका संकटहरुमा नआउने गरेको भन्दै पुत्ला जलाइएको स्थानीय युवा बताउँछन् । हालै आएको बाढीका कारण तिलाठी-कोइलाडी गाउँपालिका डुबानमा परेपनि यादव एक पटक पनि नआएको उनीहरुको गुनासो छ ।

उपेन्द्र यादव पटक-पटक सरकारमा जाँदा निर्वाचन क्षेत्रका जनताबाहेक विदेश भ्रमणमा रमाउने गरेको बताउँदै उनीहरुले यादवले जनतालाई धोका दिने गरेको आरोप लगाएका छन् ।

यसैवीच तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले भने पुत्ला जलाउनेहरुलाई ‘फट्यांग्रा’ को संज्ञा दिएका छन् ।

‘योजनाअनुसार उपेन्द्रजीलाई बदनाम गराउने काम भएको छ,’ राजपाबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित सिंहले भने, ‘उपप्रधानमन्त्रीज्यू विदेशमा भएपछि कसरी बाढीमा आउन सक्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment