Comments Add Comment

प्रेमीको ‘वर्थ डे’मा अर्की प्रेमिका देखेपछि …

१ साउन, काठमाडौं । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।

त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

प्रहरीले प्रेमी मगरसँगै प्रमिन नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य पारेको आरोपमा भीमबहादुर र प्रमिनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

‘वर्थ डे’मा अर्की प्रेमिका देखेपछि …

जेनी बालाजुका भीमबहादुरसँग प्रेममा थिइन् । असार ३० गते प्रेमीको जन्मदिन भएकाले उनी भीमबहादुरको घर पुगिन् । तर, भीमबहादुरसँगै प्रमिनलाई भेटेपछि उनीहरुको झगडा सुरु भएको थियो ।

जेनीले प्रमिनलाई समेत भीमले तँलाईँ पनि धोका दिन्छ भनेकी थिइन् । झगडापछि प्रमिनको सल मागेर शौचालय गएको र लामो समय नआएपछि हेर्न जाँदा त्यही सलको पासोमा झुण्डिएको भेटिएकी थिइन् ।

भीमबहादुरले उनलाई अस्पताल पुर्‍याएपनि बचाउन सकेनन् । प्रहरीले भीम र प्रमिन दुबैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment