Comments Add Comment

‘नदी नियन्त्रणको काम ढंगले नहुँदा डुबान’

२ साउन, वीरगञ्ज । नदी नियन्त्रणको काम प्रभावकारी ढंगले हुन नसक्दा वीरगञ्ज डुबानमा परेको नगर प्रमुख विजयकुमार सरावगीले बताएका छन् ।

उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारको जिम्मा नदी नियन्त्रण गर्नु पर्ने  भए पनि प्रभावकारी काम नभएको गुनासो गरे ।

‘प्रदेश सरकारको जिम्मामा नदी नियन्त्रणको काम छ, प्रभावकारी काम हुन सकेको छैन । जसले गर्दा नदी बस्तीमा पसेर दुःख दिएको छ,’ उनले भने ‘बाढी र डुबानपछि राहत तथा मर्मत संभारका लागि संघ र प्रदेश सरकार कसैले केहि सहयोग गरेको छैन । नगरपालिकाकै पैसाले टुटेको बाँध मर्मतको काम शुरु गइसकेका छौं ।’

उनले प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमा १० लाख पठाएको कुरा सुने पनि कहाँ कसरी खर्च भए नभएको जानकारी नभएको बताए ।

अबिरल वषर्ापछि आएको बाढीले बेल्वा भेडाहा खोलाको बाँध भत्काएको छ । जसले गर्दा बेल्वा, बसडिल्वा, मुसैली, इस्लामपुर, लाल पर्सामा बाढी पसेको छ ।

बाँध भत्केर नदी गाउँमा पस्दा खेत पुरै बालुवाले भरिएको वडा नं ३० बेल्वाका अध्यक्ष अमानत मियाँले बताए । ‘नदी गाउँमा पस्दा गाउँको खेतियोग्य जमिन बगरमा परिणत भएको छ,’ उनले भने, ‘विघौं विघा खेतमा बालुवा मात्रै देखिन्छ ।’

महानगरपालिकाले मुसैलीको साधुखोलको पुल र भेडाहाखोलको बाध निर्माण कार्यलाई तीव्रता दिनुका साथै सडक मर्मतमा ध्यान दिईरहेको योजना प्रमुख डिभिजन इन्जिनियर अखलाक सिद्धिकिले बताए ।

उनका अनुसार महानगरपालिकाले आवश्यक ठाउँमा हृयूम पाइप हाल्ने तयारी गरेको छ ।

बाढी प्रभावित बेल्वाका ८० घर मुसहर परिवारलाई बुधबार चिउरा, चिनि, बिस्कुट, चाउचाउ लगायतका राहत सामग्रीसमेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment