Comments Add Comment

दोर्दी करिडोरमा भएको क्षतिको अध्ययनका लागि समिति गठन

२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दोर्दी करिडोरमा केही दिन पहिले गएको बाढी र पहिरोको क्षतीको समग्र अवस्थाको अध्ययनका लागि एक समिति बनाएको छ ।

यही साउन ८ गते लम्जुङको दोर्दी करिडोरमा अत्याधिक बर्षा भएपछि एक्कासी आएको बाढीले निर्माणाधिन माथिल्लो दोर्दी ए र सुपर दोर्दी जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । यस्तै बाढीमा परेर पाँच जनाको निधन भएको र केही बेपत्ता भएका थिए ।

लम्जुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग मन्त्री वर्षमान पुनले आज छलफल गरेका हुन् ।

सोही छलफलका आधारमा मन्त्रालयका सहसचिव रामगोपाल खर्वुजाले समन्वय गर्ने गरी, विद्युत विकास,प्राधिकरण, सिंचाई विभाग, आईपान र स्वतन्त्र विज्ञसहितको समिति गठन गरिएको पुनको निजी सचिवालयले जानकारी दिएको छ । सो समितिले आवश्यक अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक सिफारिश गर्नेछ ।

छलफलमा मन्त्रालयका सचिव डा सञ्जय शर्मा र दिनेशकुमार घिमिरेसहित उच्च अधिकारीहरु सहभागी थिए । नेकपाका मुख्य सचेतक गुरुङले बाँध फुटेर जलविद्युत् परियोजनामा मानविय र भौतिक क्षती भएको भन्दै क्षतीपुर्तिको व्यवस्था गर्न माग गरे ।

छलफलमा मन्त्री पुनले जनताको सुरक्षा र भविष्यमा वन्ने आयोजनाको लागि पनि घटनाको अध्ययन जरुरी रहेको धारणा राखे । उनले लमजुङमा दुखद घटना भएको भन्दै विद्युत प्राधिकरण, विद्युत विकास र अन्य निकायसंग समन्वय गरी मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए २५मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा बाढीका कारण निर्माण उपकरण बगाएको छ भने मानवीय क्षति समेत भएको छ । नोक्सानीको विवरण आउन समेत बाँकी रहेको आयोजनाले जनाएको छ ।

यस्तै सोही करिडोरमा निर्माणाधिन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ख मापनि बाढीले क्षति पुर्याएको छ । सो करिडोरमा कूल पाँच आयोजना रहेका छन् । त्यसमा चार आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाको कूल क्षमता ११८ मेगावाट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment