+
+
Shares

बुधबार पनि १५ सयले बढ्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १३:१९

२२ साउन, काठमाडौं । प्रतितोला पन्ध्र सयले बढेर बुधबार सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । बुधबार तेजाबी, छापावाल र चाँदीको मूल्यमा बढोत्तरी देखिएको छ ।

मंगलबार ६८ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य बुधबार ६९ हजार ५ सय पुगेको हो । नेपाल सुन-चाँदी व्यवसायी संघका अनुसार छापावाल सुन पनि १५ सयले बढेर ६९ हजार २ सय प्रतितोला पुगेको छ भने चाँँदी प्रतितोला १५ रुपैयाँले बढेर ८१० रुपैयाँ प्रतितोला मूल्य कायम भएको छ ।

बुधबारका लागि तोकिएको सुन-चाँदी बजार मूल्य नेपालमा हालसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिका-इरान बढ्दो तनाव, अमेरिका-चीन व्यापार युद्ध तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौती जस्ता कारणले सुनको मूल्य आकाशिएको व्यवसायीहरुले बताउने गरेका छन् । पछिल्लो ६ दिनमा सुनको मुल्य तोलामै ४ हजार ५ सय रुपैयाँले बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?