Comments Add Comment

खानेपानीमन्त्री र सचिवका कारण मेलम्ची बनेन : सांसद केसी

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानीमन्त्री र सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद केसीले मन्त्री र सचिवका कारण मेलम्चीको पानी राजधानी आउन नसकेको दाबी गरे ।

उनले भने, ‘मन्त्रीज्यू यहाँ हुनुहुन्छ । म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईका २० औ बर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाईंका कारणले सम्पन्न भएको छैन । सचिव र तपाईंका कारणले राजधानीबासीलाई पानी उपलब्ध हुन सकेको छैन । राजधानीबासी काकाकुल छन् ।’

एक गाग्री पानीका लागि र्कीतिपुरबासी बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment