+
+
Shares

प्रहरी कुटेको आरोपमा समाजवादी पार्टीका नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १९:५९

२९ साउन, विराटनगर । ड्युटीमा रहेका प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा समाजवादी पार्टीका नेता उमेश यादव पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन ( मापसे) गरी ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनी स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार थिए ।

मंगलबार राति विराटनगर रोडशेष चोकमा ड्युटीमा रहेका प्रहरी जवान श्यामकुमार चौधरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका यादवमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजुले जानकारी दिए ।

मंगलबार राति रोडशेष चोकमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको पाएपछि प्रहरीले यादवलाई रोकेको थियो । मोटरसाइकल रोकेपछि यादवले प्रहरी जवान श्यामकुमार चौधरीमाथि हातपात गरेका थिए ।

ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट भएपछि प्रहरीले पछाडि बसेका यादव र मोटरसाइकल चालकलाई पनि पक्राउ गरेको थियो । मोटरसाइकल चालक बुधबार बिहान छुटेका छन् ।

यादव स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम र तत्कालिन माओवादी गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका व्यक्ति हुन् । उनी तत्कालिन संघीय समाजवादी फोरमको मोरङ जिल्लाको पूर्वअध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?