Comments Add Comment

‘च च हुई’को रोमान्टिक गीतमा यसरी नाच्दैछन् आर्यन र मिरुना

नायक आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’ को छायांकन कसरी हुँदैछ ? यही जिज्ञासा मेट्ने तस्वीरहरु सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको गीत छायांकनको केही तस्वीर सार्वजनिक गरेको हो ।

मुस्ताङको चुसुङ्गामा पुगेर चलचित्रको ‘सिल्की सिल्की बाल’ बोलको गीत छायांकन गरिएको छ । सोही गीत छायांकनको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको हो । सार्वजनिक तस्विरमा आर्यन र नायिका मिरुना मगरलाई रोमान्टिक अवतारमा देखाइएको छ । तस्विरमा चलचित्रका अर्का मुख्य कलाकार भोलाराज सापकोटा पनि देखिएका छन् ।

एक साता लगाएर छायांकन गरिएको यस गीतमा शिशिर खातीको करियोग्राफी रहेको छ । राजनराज सिवाकोटीको संगीतमा तयार भएको गीतमा राजनराज र मेलिनाले स्वर दिएका छन् । नर्माण पक्षका अनुसार छिट्टै यस गीत सार्वजनिक गरिने छ ।

मंसिर ६ गते प्रदर्शन हुने चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । रोमान्टिक कमेडी जनरमा तयार भएको यस चलचित्रलाई ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।

चलचित्रमा आर्यन, मिरुना र भोलासँगै माओत्से गुरुङ, पुस्कर गुरुङ, बबितामल्ल लगायतको पनि अभिनय छ । सुशन प्रजापतिले खिचेको चलचित्रलाई निर्देशक भुटियाले नै सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment