Comments Add Comment

तीनकुने-गौशाला सडकमा सेकुवा पोल्न नदिइने, पशुपतिबाट आरतीको ‘लाइभ’ हुने

९ भदौ, काठमाडौं । तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् ।

उनले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित राख्नु हुँदैन,’ उनले भने ।

भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने पनि उल्लेख गरेका छन् । जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने पनि भट्टराईले बताए ।

यस्तै पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment