+
+
Shares

तेश्रो जिम्मेवार व्यवसाय भदौ १९ र २० गते

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १८:५३

भदौ १९ र २० गते तेश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ ।

नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आएको छ ।

आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यज्योतिले सम्मेलनको घोषणा गर्दै भनेे “दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गर्नेछन् ।’

सम्मेलनले दीगो विकास लक्ष्य अनुकूल हुने गरी व्यवसायिक सामाजिक उत्तरदायित्व वहन गर्न नेपाली उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्नुका साथैव्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि कानूनहरुको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने हामीेले विश्वास गरिएको छ ।

माननीय कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलाबाट सम्मेलनको उद्घाटन हुने तय भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?