Comments Add Comment

हरिहर र शकुन्तलालाई ‘शिव–पार्वती सम्मान’

११ भदौ काठमाडौ । अग्रज कलाकार दम्पत्ति हरिहर शर्मा र शकुन्तला शर्मा सम्मानित भएका छन् । फेसियल हाउसले काठमाडौमा आयोजना गरेको तीज महोत्सव २०७६ मा उनीहरुलाई सम्मान गरिएको हो ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले शर्मा दम्पत्तिलाई ‘शिव पार्वती’ सम्मान प्रदान गरिन् । उनीहरुले रंगमञ्चको क्षेत्रमा पुर्‍याउँदै आएका योगदान र जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेकोले ‘शिव पार्वती जोडी’ को संज्ञा दिँदै दिइएको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।

सोही कार्यक्रममा सभामुख कृष्णबहादुरकी पत्नी सीता महरालाई पनि सम्मान गरिएको थियो । महिला सशक्तिकरणका लागी लोकतान्त्रिक आन्दोलनमा समेत सामेल भएकी सीतालाई विगतमा गरेको संघर्षको कदर गर्दै अवार्ड प्रदान गरिएको महराले बताईन् ।

सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८,१९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामानसहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटालाई सहयोग रकम पच्चिस हजार हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा फेसियल हाउसकै आयोजना रहेको ‘तीज फोटो कन्टेस्ट’का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । फोटो कन्टेस्टमा मनिषा ओझा प्रथम, रन्जु थापा द्वितीय र पुजा देवकोटा तृतिय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment