Comments Add Comment

मध्यमवर्गलाई तान्ने यी हुन् सस्ता ५ कार

११ भदौ । आफ्नै गाडीमा हुइकिने सपना देख्नेहरुको जमात नेपालमा दिनानुदिन बढिरहेको छ । केही वर्षअघिसम्म शहरमा बस्ने सम्भ्रान्त बर्गको मात्रै पहुँचमा रहेको निजी कारको सपना आजकाल मध्यमवर्गका नेपालीले पनि देख्न थालेका छन् ।

केही वर्षदेखि मोटरसाइकलबाट कारमा उक्लिनेहरुको संख्या बढिरहेको विभिन्न तथ्यांकले देखाउँछन् । यसको प्रमुख कारण अटो लोन नै हो भने अर्को कारण चाहिँ बजारमा सस्तो मूल्यमा कार उपलब्ध हुन थाल्नु पनि हो । निर्माता कम्पनीहरुले मध्यमवर्गका ग्राहकलाई समेत लक्षित गरी सस्तो मूल्यमा साना गाडी बजारमा ल्याइरहेका छन् ।

नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो छ । आजभोलि सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या बाक्लो देखिन थालेको छ ।

गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी किन्न चाहने मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा उत्कृष्ट सुविधा, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लेयरेन्स प्रदान गरेका छन् । त्यसैले नियमित आम्दानीबाट थोरै बचत गर्न सक्ने उपभोक्तालाई यस्ता गाडीले गजबसँग आकषिर्त गरिरहेका छन् ।

सडकको दुरावस्थाले मोटरसाइकल यात्रा जोखिमपूर्ण बन्दै गएकाले पनि विकल्पमा कार प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन उकालो लागिरहेको छ । अझ सार्वजनिक सवारी साधनको यात्रा सहज र भरपर्दो नहुँदा पनि इन्ट्री लेभलकै कार खरिदमा ग्राहकको चासो बढ्दो छ ।

नेपालमा सामान्यतया हुण्डाई, सुजुकी र टाटाका साना गाडीहरु बढी प्रचलित छन् । सँगै अन्य थुप्रै कम्पनीहरु पनि इन्ट्री लेभलको कार लिएर बजारमा आएका छन् । बजारमा यो लेभलका केही नयाँ गाडी प्रवेश गरेका छन् भने कुनैले बजारमा बर्चश्व नै कायम गरेका छन् ।

त्यसैले अहिले सानो बजेट भएकाहरुलाई पनि आˆनै कार चढ्ने सपना साकार गर्नु ठूलो चुनौतिको विषय रहेन । बजारमा केही त्यस्ता इन्ट्री लेभलका कार छन्, जसले मध्यम वर्गलाई उनीहरुको आˆनै गाडीको सपनासँग जोडिरहेका छन् ।

अहिले भृकुटीमण्डमा चलिरहेको नाडा अटो शोमा ५० प्रतिशत डाउनपेमेन्ट गर्दा १० लाख रुपैयाँमै कार घरमा लैजान सकिन्छ । नाडामा १९ लाख ६९ हजार रुपैयाँबाट कारको मूल्य सुरु हुन्छ । हामी यहाँ सस्तो मूल्यमा उपलब्ध केही कारहरुको चर्चा गर्दैछौं ।

मारुती-सुजुकीको अल्टो

इन्ट्री लेभलको अल्टो मारुती-सुजुकीको उत्पादन हो । अहिले यो सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् ।

सिजी मोटोकोर्पका अनुसार नेपाली बजारमा अल्टो विभिन्न भेरियन्टमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल ट्याङ्की छ । यसले प्रतिलिटर २४.७ किलोमिटर माइलेज दिन्छ । माइलेजका कारण पनि यसले नयाँ ग्राहकको ध्यान तानेको छ ।

नेपाली बजारमा अल्टोको मूल्य १६ लाख ३९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख ८९ हजार रुपैयाँसम्म पर्छ । अल्टो स्टान्डर्ड नेपालमा ट्याक्सीका रुपमा प्रयोग गरिएको छ ।

अल्टोले शहरी क्षेत्रमै पनि १९ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको सिजी मोटाकोर्पले बताउँछ । अल्टो इन्धन किफायती भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ । अल्टोको मूल्य २२ लाख ८९ हजार छ ।

टाटा टियागो

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्पोर्टी ह्याचब्याक गत वर्ष नेपालमा सार्वजनिक भएको कार हो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टियागोले धेरैको ध्यान तानेको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसलाई नेपाली बजारमा सफल बनाइसकेको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार टाटा टियागो गाडीभित्रको भाग वा इन्टेरियरमा स्पेसान एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक ७ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।

बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लीयरेन्सले अप्ठेरो बाटोमा पनि सहज यात्राको अनुभव गराउँछ । बिल्कुलै नयाँ स्पोर्टी १५ इन्च डुअल टोन एलोय पाङ्ग्राहरूले गाडीको आकर्षण बढाएको छ ।

अन्य रोचक विशेषतामा इलेक्टि्रकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट गि्रलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउन्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको कम्पनीले जनाएको छ ।

टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीयस जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन् ।

त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरियन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्टि्रक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट लगायतका विशेषता छन् ।

टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट हृवाईट, प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । यसमा स्ट्यान्डर्ड वारेन्टी पनि रहेको छ ।

टाटा टियोगोको सुरुवाति मूल्य २५ लाख ९५ हजार छ  भने यसको टप भेरियन्ट किन्न ३० लाख ९९ हजार खर्चिनुपर्छ ।

हुन्डाइको सान्ट्रो

हुन्डाइले ल्याएको सान्ट्रो पनि मध्यमवर्गका लागि भरपर्दो विकल्प हो । यसअघिको सान्ट्रोभन्दा निकै परिवर्तन गरेर यसलाई बजारमा उतारिएको छ ।

नयाँ सान्ट्रो पहिलोको भन्दा स्पेसियस त छ नै, यो डिजाइनका हिसावले पनि निकै आकर्षक छ । यसको बाहिरी डिजाइनले सबैलाई प्रभावित गरेको छ । त्योभन्दा बढी यो गाडीमा हाल सबै भेरियन्टमा एयरब्याग र एबीएस छन्, जसले गाडीलाई सुरक्षित बनाएको छ ।

यसको लेग रुमा पनि निकै कम्फर्टेबल बनाइएको छ भने सस्पेन्सन सिस्टम पनि आधुनिक भएकाले लामो यात्राका दौरान पनि थकान महसुस हुँदैन । यो गाडीमा १६५  एमएमको ग्राउन्ड क्लेयरेन्स छ । जुन विशेषताका कारण ग्राभल रोडमा  पनि सान्ट्रो सजिलै चलाउन सकिन्छ ।

इन्जिनका हिसावल पनि नयाँ सान्ट्रो पावरफुल छ । नयाँ सान्ट्रोमा १.१ लिटर फोर-सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम-टर्क जेनेरेट उत्सर्जन गर्छ । सान्ट्रो म्यानुअलसहित एएमटी ट्रान्समिसनमा समेत उपलब्ध छ ।

यसमा लेग रुम निकै फराकिलो भएकाले अगाडि बस्दा खुट्टा ठोकिने समस्या हुँदैन । गाडी स्पेसियस भएकाले चलाउन र यत्रा गर्न निकै आरामदायी छँदैछ । सान्ट्रोमा सुरक्षाको लागि सिट-बेल्ट, डे-नाइट आइआरभीएम, किलेस इन्ट्री, स्पीड-सेन्सिङ डोर-लक र ईमोविलाइजर लगायत सुविधाको निरन्तरता छ ।

यसबाहेक एबीएस, ईबीडी, ड्राइभर साइड एयरब्याग, इन्जिन ईमोबिलाइजर, रियर पार्किङ क्यामेरा वीथ सेन्सर, फगल्याम्प, चाइल्ड-सेफ्टी, डोर लकजस्ता सेफ्टी फिचर पनि थपिएका छन् ।

हुन्डाईको सान्ट्रो न्युनतम् मूल्य २२ लाख ९६ हजारदेखि अधिकतम् ३० लाख ५६ हजारसम्म छ ।

रेनो क्वीड

‘रेनो क्वीड’ इन्ट्री लेभलको ८ सय र १ हजार सिसीमा उपलब्ध ह्याचब्याक कार हो । सस्तो मूल्य र आकर्षक भएकै कारण रेनोले नेपाली मध्यमबर्गमाझ छुट्टै पहिचान बनाएको छ ।

उत्कृष्ट डिजाइन, मूल्य र माइलेज र फिचर्सका कारण यसले धेरैको ध्यान खिच्न थालेको छ । रेनोले आˆनो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षक बनाएको छ ।

इन्ट्री लेभलको कार क्वीडको ˆयुल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्यांक रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ ।

युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ । यसको प्राारम्भिक मूल्य २३ लाख ९० हजार रुपैयाँ छ ।

डाटसन रेडी गो

मूल्यको हिसाबले सबैभ्न्दा सस्तो कार हो जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ । पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कारको नेपाली बजारमा न्युनतम् मूल्य १९ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

१ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि २० लाख ५९ हजारमा किन्न पाइन्छ । अझ कम्पनीले नाडामा छुटसहित र विभिन्न सुविधा ग्राहकलाई दिइरहेको छ ।

डाटसन गाडीको नेपाली आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । ‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । ‘रेडी गो’ नेपाली बजारमा हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने भएकाले पनि रेडी गो ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा रहेको छ ।

यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।

रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । हृयाचब्याक कार भएर पनि यसमा एसयूभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment