Comments Add Comment

प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलब कति ?

११ भदौ, काठमाडौं । सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकिएको छ । यसैगरी उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका पदाधिकारीको समेत तलवमान तोकिएको हो ।

तोकिएको तलवमान भने १ साउनबाटै कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले उल्लेख गरेको छ । नयाँ तलवमानअनुसार अब प्रधानन्यायाधीशको तलव मासिक ८६९५० पुगेको छ । न्यायाघीशले मासिक ७१९५० रुपैयाँ पाउने छन् । संवैधानिक निकायका प्रमुखको तलब मासिक ६८१८० रुपैयाँ कायम भएको छ ।

हेर्नुस् न्यायसेवामा कसको तलब कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment