१७ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै उनको सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका अवसरमा दुवैजनाबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो ।
साथै, नेपाल र युरोपेली संघबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार र गहिरो बनाउने उपायबारे छलफल भएको थियो ।
प्रतिक्रिया 4