
द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशील गर्तौलाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
मंगलबार युट्युबबाट ‘पहिलो यो माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ ।
सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए । अडिसनमा सुशीलको गायकीको निकै प्रशंसा भएको थियो । सुगम संगीतमा उनको स्वर निकै राम्रो भएको धेरैको प्रतिक्रिया थियो ।
भिडियोमा निर्देशक प्रकाश धितालले मेहनत गरेको देखिन्छ । भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेल फिचर छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने नृत्य निर्देशन सन्तोष राजबाहकको हेको छ ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4