Comments Add Comment

‘चपली हाइट ३’ साम्राज्ञीले किन गरिनन् ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘मारुनी’ भोली शुक्रबारदेखि रिलिज हुँदैछ । चलचित्र रिलिजको क्रम एकातिर छ भने अर्कोतिर उनलाई नयाँ नयाँ चलचित्रबाट अफर पनि आइरहेको छ । उनलाई निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’का लागि अफर गरेका थिए । तर, साम्राज्ञीले चलचित्रको कथा मन पराएर पनि यसमा काम गरिनन् ।

साम्राज्ञीले आफ्नो भूमिका र सिंगो चलचित्रलाई नै शक्तिशाली मानेकी थिइन् । तर, चलचित्रको नामका कारण उनले नगरेको श्रोतले बतायो । वुझिएअनुसार, साम्राज्ञीले ‘चपली हाइट ३’मा काम गर्दा दर्शकमा आफ्नो बारेमा अर्कै छाप पर्ने सोच राखेकी थिइनन् । किनभने, ‘चपली हाइट’ नाम भन्ने वित्तिकै दर्शकले ग्ल्यामर, बोल्ड र थ्रिलर भन्ने वुझ्छन् ।

यसैले, निर्माणपक्षसँग उनले नाम परिवर्तनका लागि आग्रह गरेकी थिइन् । तर, ब्रान्ड बनिसकेको नाम नै परिवर्तन गर्न निर्माता अर्जुन कुमार राजी भएनन् । जसकाकारण, साम्राज्ञीसँग निर्माणपक्षको अन्य कुरा अगाडि बढ्न सकेन ।

चलचित्रका लागि नायिका स्वस्तिमा खड्कालाई अफर गरियो । स्वस्तिमाले भने आफ्नो भूमिका र कथा शक्तिशाली लागेकाले काम गर्न लागेको बताएकी छिन् । निकेश खड्काले यो चलचित्रको निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment