+
+
Shares

दासढुंगामा निर्मित पर्खाल भत्कियो, लाखौंको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १५:११

१३ भदौ, चितवन । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी सवार जीप खसेको दासढुंगामा निर्माण भैरहेको कंक्रिटको पर्खाल निर्माण नसकिदै भत्किएको छ ।

दुर्घटनाको ऐतिहासिक संरचनालाई नै बिगार्ने गरी बनाइएको पर्खाल गत साउन ३१ गते राती भत्किएको हो । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ । पर्खालको दक्षिण तर्फको भाग अधिकांश भत्किएको छ भने नभित्एको भाग चर्किएको छ । त्यसलाई पनि भत्काएर नयाँ बनाउनु पर्ने अवस्था देखिएको छ । भत्किएको ठाँउमा पुरिएको माटो, बालुवा र ढुंगा मजदुरहरुले त्रिशुली नदीमा फालिरहेको देख्न सकिन्छ ।

जीप खसेको भिरालो ठाँउको ऐतिहासिक महत्व र पृष्ठभूमि नै मासिने गरी संरचना निर्माण गरेको भन्दैं सरोकारवालाहरुले आपत्ती जनाइरहेका बेला बनाइएको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । सवारी पार्किङ, प्रतिक्षालय र शौचालय निर्माण गर्ने भन्दै कंक्रिटको पर्खाल लगाइएको थियो ।

विभागले कल्पवृक्ष निर्माण सेवा काठमाण्डौंलाई दासढुंगामा ‘रिटेन्सनवाल’ सहित पार्किङ र गाँजीपुरमा भ्यूटावार निर्माण गर्ने भन्दैं १ करोड रुपैयाँमा ठेक्का दिएको थियो । गत असारभित्रै काम सक्ने भनिए पनि ठेकेदारले विभागमा कुरा मिलाएर सम्झौता अवधि भदौ १५ गतेसम्म पु¥याएको थियो । म्याद सकिन दुई हप्ता बाँकी हुँदा संरचना भत्किए पछि ठेकेदारले नै यसलाई निर्माण गर्ने पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले बनाए । ठेकेदारले बीमाको पनि दावी पेश गरेको इन्जिनियर यादवले बताए ।

लापरवाही पूर्ण ढंगले संरचना निर्माण गर्दा क्षति भएको भरतपुर महानगरपालिका वडा–२९ का अध्यक्ष मानबहादुर मगरले बताए । ‘न त वडा कार्यालयको स्वीकृत र जानकारी छ, न त पार्टी वा सरोकारवालालाई जानकारी छ’ वडाध्यक्ष मगरले भने, ‘दासढुंगालाई छियाछिया बनाउने काम भैरहेको छ, कसैले केही गर्न सकेनन् मनपर्दी भयो ।’ सुरुमा विभागले केही संरचना बनाउने प्रस्ताव गरेको भए पनि क्रंक्रिट पर्खाल नै लगाउने बारेमा जानकारी नदिइएको भन्दै वडाध्यक्ष मगरले आपत्ती जनाए ।

मदन भण्डारी फाउण्डेशनले दासढुंगादेखि मदन भण्डारीको शव भेटिएको गाँजीपुरसम्म एकीकृत योजना बनाएर विकासको काम अघि बढाउन खोजिरहेको छ । मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले आफुखुसी संरचना निर्माण गरिनु दुःखद् भएको बताए । ‘मदन भण्डारी फाउण्डेशन चितवन दासढुंगादेखि भण्डारीको शव भेटिएको गाँजीपुरसम्म वृहत्तर गुरुयोजना बनाएर विकासको काम गर्न खोज्दैछ’ अध्यक्ष भट्टराईले भने, ‘तर दासढुंगामा कसको योजनामा कसलाई सोधेर पर्खाल खडा गरिएको हो जानकारी भएन।’
फाउण्डेशनले दासढुंगाको पहिलोचरणको गुरुयोजना तयार गरिसकेको छ ।

यसअघि, जीप खसेको स्थानमा निर्माण गरिएको पैदलयात्रु पेटी र रेलिङ निर्माण गर्दा पनि त्यहाँको संरचनामा तोडमोड गरी क्षति पुर्‍याइएको थियो ।

२०५० साल जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रित सवार जीप रहस्यमय दुर्घटना हुँदा दुबै नेताको ज्यान गएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?