+
+
Shares

श्वेता श्री फाउण्डेशनलाई माछापुच्छ्रे बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १९:१०

माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

श्वेताश्री फाउण्डेशनले भुकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । ५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुना बस्तिको निर्माण गरिरहेको फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले रु.७ लाख आर्थिक सहयोग गरेको हो ।

अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाल लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?