Comments Add Comment

पल र पूजाकोे ‘म यस्तो गीत गाउँछु २’को छायांकन सुरु

केही महिना अगाडि मनकामना मन्दिरमा पुगेर शुभसाइत गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन आजबाट सुरु भएको छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । आज बिहान पूजा गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी गराइयो ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई यसपटक सांगीतिक कथावस्तुमा निर्माण गर्ने निर्देशक सुदर्शन थापाले जानकारी दिए । सुदर्शन र पूजाकै ब्यानरबाट यो चलचित्र बन्दैछ । चलचित्रको छायांकन काठमाण्डौ र इलाममा हुनेछ । निर्देशक थापाले भने–‘यसपटक हामीले इलामका रमणिय स्थानमा पनि चलचित्र खिच्दैछौ । विशेषगरि, स्थानिय कलाकारलाई पनि समेटेर इलाममा चलचित्र छायांकन हुनेछ ।’

यसपटक चलचित्रमा नायक पल शाह गायकको भूमिकामा छन् । बुढानिलकण्ठमा अवस्थित मेराकी वेलनेश रिट्रिटबाट चलचित्रको छायांकन सुरु गरिएको छ । नायक पल शाहले चलचित्रको कथावस्तु सुन्दा नै आफू उत्साहित भएको सुनाए । नायिका पूजा शर्माले ‘म यस्तो गीत गाउँछु’ आफ्ना लागि सधै नै विशेष रहेको सुनाइन् ।

चलचित्रको एक साता काठमाण्डौमा र बाँकी छायांकन इलाममा हुनेछ । यो चलचित्रमा ५ वटा गीत रहने संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । चलचित्रका प्रोडक्शन डिजाइनर सुरज आचार्य हुन् ।

चलचित्रलाई फागूणको २३ गतेबाट प्रदर्शनमा ल्याउने तयारी समेत गरिएको छ । दशैं अगावै चलचित्रको छायांकन सक्ने तयारीमा यसको निर्माणपक्ष रहेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment